आजदेखी अदालतहरूमा मुद्दाको फरक व्यवस्थापन पद्दति (DCM) लागू

Law Hub Nepal श्रावण १, २०७७

काठमाडौं । आजदेखी जिल्ला अदालतहरूमा मुद्दाको फरक व्यवस्थापन (DCM) पद्दति लागू गरिएको छ । यस अवसरमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.व.रा.ले शुभकामना सन्देश समेत जारी गरेका छन् ।

करिब एक दशक अगाडिदेखि नै यस पद्धतिको अवलम्बन गर्न खोजिएको भए तापनि आवश्यक पूर्वाधार र कार्यान्वयनको स्पष्ट मार्ग चित्रको अभावमा तत्काल त्यो सम्भव हुन नसकेको राणाले बताएका छन् ।

मुद्दाको आवश्यकता एवम् सूचना प्रविधिमा आधारित प्रभावकारी व्यवस्थापनको माध्यमबाट मुद्दाको कामकारबाहीलाई पूर्वानुमानयोग्य र छिटोछरितो बनाउने सैद्धान्तिक अवधारणाको जगमा यो पद्धतिको विकास गरिएको हो ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार