राष्ट्रकवि माधव घिमिरेको निधन

Law Hub Nepal भाद्र २, २०७७

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा  निधन भएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।

उनी गत असोजमा १०० वर्ष पूरा भएर १०१ वर्ष लागेका थिए।

मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको हो ।

घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले जानकारी दिए।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार