अमेरिकामा ७० वर्षपछि दिइँदैछ यी महिलालाई मृत्युदण्ड !

Law Hub Nepal कार्तिक २, २०७७

एजेन्सी । अमेरिकामा झण्डै ७० वर्षपछि पहिलोपटक संघीय जेलका कैदीलाई मृत्युदण्डको सजाय दिइने भएको छ।

अमेरिकाको न्याय विभागका अनुसार महिला कैदीलाई मृत्युदण्ड दिइने भएको हो। लिसा मोन्टेगोमेरी नाम गरेकी महिलालाई मृत्युदण्ड दिने तय भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले सन् २००४ मा मिजूरीकी गर्भवती महिलालाई काटेर बच्चा अपहरण गरेकी थिइन् । लिसालाई आउँदो डिसेम्बर ८ मा इन्डियानामा विषाक्त सुई लगाएर मृत्युदण्ड दिने तय भएको हो ।

अमेरिकामा पछिल्लो पटक सन् १९५३ मा केन्द्र सरकारले बोनी हेडी नाम गरेकी महिलालाई मृत्युदण्ड दिने तय भएको थियो । ती महिलाको मिजूरीको ग्यास चेम्बरमा परेर मृत्यु भयो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार