आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु

Law Hub Nepal माघ ९, २०७६

माघ ९, काठमाडौं । भक्तपुरमा दुईजना किशोरले आफ्नै साथीको छुरा प्रहार गरी हत्या गरेका छन् ।

मदिरा सेवन गरी सामान्य विवाद पछि छुरा प्रहार गर्दा भक्तपुर नगरपालिका–६ भोलाछेंका १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार