सरकारको निर्णय : सिनेमा हल, जिम र डान्स बार बन्द  

Law Hub Nepal चैत्र ५, २०७६

काठमाडौं । सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको हो ।

यो निर्णय ३० अप्रिलसम्मलाई लागू गरिनेछ । निर्णयको २ नं. बुँदामा सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने लेखिएको छ ।

यसको अनुगमनकर्ताका रूपमा गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलेे भूमिका निर्वाह गर्नेछन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार