दिल्लीको स्थिति नियन्त्रण बाहिर, मुख्यमन्त्रीले गरे सेना परिचालनको माग

Law Hub Nepal फागुन १४, २०७६

नयाँ दिल्ली । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा नियन्त्रण बाहिर गएपछि सेना परिचालनको माग गरेका छन् ।

केजरीवालले ट्विट गर्दै अनेक प्रयास गरिए पनि प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसकेका कारण सेना परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

उनले हिंसा भड्किएको क्षेत्रमा तत्काल कर्फ्यू लगाउनुपर्ने धारणा राखेका छन् । सेना परिचालन र कफ्र्यू जारीका लागि गृहमन्त्री अमित शाहलाई पत्राचार गर्न लागेको पनि उनले बताएका छन् ।

नागरिकता संशोधन कानुन (सीएए) को विषयलाई लिएर उत्तर–पूर्वी दिल्लीमा जारी हिंसामा १८ जनाको ज्यान गइसकेको छ ।

नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए ।

त्यसपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिरहेको समूहबीच झडप भएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार