संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता, सुनुवाई पुस ८ मा

Law Hub Nepal पौष ६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेको कदम विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सर्वोच्च अदालतमा हिजै रिट निवेदन लिएर पुगेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आफ्नो निवेदन एक नम्वरमा भएकाले दर्ता भइसकेेेेको जानकारी दिए । ‘मैले दर्ता गरेको रिटको पुस ८ गते सुनुवाई हुने भयो । अरु पनि दर्ता भइरहेका छन् ।’ न्यौपानेले भने ।

रिट निवेदक अर्का अधिवक्ता लोकेन्द्र केसीका अनुसार अहिले रिटको ‘इन्ट्री’ भइरहेको छ । ‘अहिलेसम्म १२ वटा रिट जम्मा भएका छन् । तिनको इन्ट्री र दर्ता भइरहेको छ । मैले भर्खरै रिट शाखामा फोटोकपी बुझाएर सक्कल लिएँ’, केसीले भने ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार