न्याय परिषद्‌द्वारा जिल्ला न्यायाधीशका लागि २९ जना सिफारिस

Law Hub Nepal श्रावण २८, २०७७

काठमाडाैं । न्याय परिषद्‌ले लिखित परीक्षामा उर्तीण भएका २४ र परीक्षापछि रिक्त रहेको पाँच पदमा जिल्ला न्यायाधीशको पद गरी २९ जिल्ला न्यायाधीशको सिफारिस गरेको छ।

बुधबार बसेको परिषद्‌को बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा समक्ष नियुक्त गर्न सिफारिस गरेको हो। मंगलबार न्यायाधीशको परीक्षा लिने निकाय न्याय सेवा आयोगले जिल्ला अदालतमा उर्तीण हुनेहरुको अन्तिम सूची प्रकाशित गरेको थियो।

उक्त सूचीको आधारमा परिषद्‌ले सिफारिस गरेको हो। परीक्षामा उर्तीण भएकाबाहेक कानुन सेवाका ५ जनालाई नियुक्तिको लागि परिषद्‌ले सिफारिस गरेको हो।

उपरजिष्ट्रारहरु आनन्दप्रसाद श्रेष्ठ, रोशनकुमार भट्टराई, इजलाश अधिकृत सकुन्तला कार्की, उपन्यायाधिवक्ता निर्मला योङहाङ र उपसचिव दुर्गा गुरुङको नाम सिफारिस गरेको हो।

परीक्षामा पाँच जनाको कोटा पूर्ति हुन नसकेपछि परिषद्‌ले विभिन्न अदालतमा कार्यरत रहेका न्याय सेवाका कर्मचारीबाट सिफारिस गरेको हो।

परीक्षामा उत्तीर्ण भई जिल्ला न्यायाधीशमा सिफारिस सूचि :

न्याय सेवाका कर्मचारीबाट सिफारिस :

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार