डोनाल्ड ट्रम्प भारत भ्रमणमा, बाहुबली फिल्मको गीतबाट भव्‍य स्वागत

Law Hub Nepal फागुन १२, २०७६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार भारत भ्रमणमा आइपुगेका छन् । भारतको अहमदावादमा ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शिष्टाचार भेट भएको छ ।

मोदी र ट्रम्प साबरमती आश्रममा उपस्थित भएका छन् । दुवैले करीब १ लाख २५ हजार भारतीय जनतालाई मोटेरा स्टेडियमबाट ‘नमस्ते ट्रम्प’ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैबिच ट्रम्पलाई कैलाश खेरको बाहुबली फिल्मको ‘जय जय कारा’ बोलको गीतबाट स्वागत गरिएको थियो ।

नमस्ते ट्रम्प कार्यक्रमपछि डोनाल्ड ट्रम्प आगरा गएर ताजमहल हेर्ने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार