‘लोकतन्त्रका हत्यारादेखि सावधान !’

Law Hub Nepal वैशाख ८, २०७७

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रविरूद्ध गम्भीर अपराध भएको टिप्पणी गरेका छन् ।

सोमबारको मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तै उनले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर जुनसुकै पार्टी फुटाउने लक्ष्य राखेको भए पनि त्यो लोकतन्त्र विरुद्धको गम्भीर अपराध भएको बताए ।

उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘सम्पूर्ण देश एकढिक्का भएर कोरोनाविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो ।

जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान!’

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार