बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याउन डा. गोविन्द  केसीको माग

Law Hub Nepal वैशाख ९, २०७७

काठमाडौं । प्रा. डा. गोविन्द केसीले बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याउने व्यवस्था गर्न माग गरेका छन् ।

डडेल्धुरा अस्पतालमा रहेर बिरामीहरु हेरिरहेका डा. केसीले लकडाउनसँगै दूरदराजका विरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य भएको बताएका हुन् ।

यही कारण मानिसहरु अस्पतालै नआई गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बस्नु परेको भन्दै उनले भनेका छन्, ‘त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ ।’

उनले यातायात सेवा सुचारु नहुन्जेलका लागि सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सरकारलाई अपिल गरेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार