पोखरामा भूकम्पको धक्का, पुरन्चौर केन्द्रविन्दु

Law Hub Nepal वैशाख ६, २०७७

पाेखरा । कास्कीको पोखरामा शनिवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ११ बजेर १५ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।

कास्कीको पुरन्चौरलाई केन्द्र बनाएर ३ म्याग्नीच्यूडको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि वैशाख ४ गते सोलुखुम्वुमा ४ दशमलव ७ म्याग्नीच्यूूडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार