चिनियाँ दूतावास र सम्पादकहरुको जुहारी, विज्ञप्तिकाे जवाफमा वक्तव्य

Law Hub Nepal फागुन ७, २०७६

काठमाडौं । ‘द काठमाडौं पोष्ट’मा प्रकाशित एउटा लेखलाई आधार बनाएर नेपालस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिकाे जवाफमा सम्पादकहरुले वक्तव्य जारी गरेका छन् ।

बुधबार जारी वक्तव्यमा सम्पादकहरुले चिनियाँ दूतावासको वक्तव्यले कूटनीतिक मर्यादा नाघेको उल्लेख गरेका छन् ।

द काठमाडौं पोस्टले मंगलबार आफ्नो विचार पृष्ठमा सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख साभार गरेको थियो ।

सोही लेखलाई बिषय बनाएर लिएर  दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।

चिनियाँ दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सम्पादकहरुले कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति असहमति रहेकाे बताएका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार