स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

Law Hub Nepal फागुन ६, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।

त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।

मिति घोषणा गरेपनि त्रिविले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न सकेको थिएन । विद्यार्थी संघ संगठनबीच सहमति नहुँदा निर्वाचन अनिश्चित बनेको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट नेपाल विद्यार्थी संघले केही समय मागेको थियो । जसका कारण पनि १४ गते तोकिएको मिति स्थगित गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ ।

चैत अन्तिमसम्ममा निर्वाचन गर्ने गरी मिति घोषणा गर्न छलफल चलिरहेको त्रिवि स्रोतले बताउने गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार