कानुनका विद्यार्थी लक्षित राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना

Law Hub Nepal वैशाख ८, २०७७

काठमाडौं । सुदुरपश्चिम कानुन विद्यार्थी समाजले राष्ट्रिय अनलाइन निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

कोभिड १९ महामारीका कारण भएको लकडाउनले पठन पाठनमा समस्या परेको वर्तमान समयमा विद्यार्थीहरुलाइ रचनात्मक क्रियाकलापमा समावेश गर्ने ध्येय रहेको समाजले बताएको छ ।

प्रतियोगिताले विद्यार्थीहरुको रचनात्मक क्रियासिलता पुनर्ताजगी गर्ने कुरालाई मध्यनजर गर्दै राष्ट्रिय अनलाइन निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको समाजका अध्यक्ष गंगादत्त जोशीले बताए ।

समाजले उक्त प्रतियोगिताको हिस्सा बनी लकडाउनको समयलाई फलदायी बनाउन देशै भरिका विभिन्न क्याम्पसहरुमा कानुन अध्ययनरत विद्यार्थीलाई अनुरोध गरेको छ।

प्रतियोगितामा कानुन संकाय अन्तर्गत सबै तहका विद्यार्थीले सहभागी हुन पाउने समाजका सदस्य विशाल पन्तले बताए ।

प्रतियोगिताको शिर्षक ‘ महामारीमा आप्रवासी कामदार र उनीहरूप्रति राज्यको दायित्व ‘ रहेको छ ।

निवन्धको भाषा नेपाली वा अङ्ग्रेजी हुन सक्नेछ । निबन्ध तीन हजार शव्द सम्मको हुनु पर्ने जानकारीमा उल्लेख छ ।

प्रतियोगितामा प्रथम हुनेले ४ हजार द्वितीयले २ हजार र तृतीयले १५ सय प्राप्त गर्ने छन् ।

अन्य विस्तृृत जानकारी :

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार