त्रिवि अन्तर्गत बी.ए.एल.एल.बी. प्रवेश परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

Law Hub Nepal असार १९, २०७८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकाय डीनको कार्यालयले २०७७ सालको बी.ए.एल.एल.बी. प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । २०७७ साल चैत्र २१ गते सञ्चालित प्रवेश परीक्षाको नतिजा डीन कार्यालयले शनिबार (आज) प्रकाशित गरेको हो ।

मेरिट लिस्टका रूपमा प्रकाशित रिजल्टका आधारमा नेपाल ल क्याम्पस काठमाडौंमा १०५ जना, पृथ्वीनारायण क्याम्पस पोखरामा ७० जना र नेशनल ल कलेज, ललितपुरमा १०५ जना गरि जम्मा २८० जनाले बी.ए.एल.एल.बी. अध्ययन गर्न पाउनेछन् ।

नतिजा र अन्य विस्तृत जानकारी www.fol.edu.np मा हेर्न सकिनेछ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार