परराष्ट्रमन्त्री भन्छन्– एमसीसीबारे सरकार प्रष्ट छ, कार्यदलले अध्ययनमात्रै गर्छ

Law Hub Nepal फागुन ७, २०७६

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको दृष्टिकोण प्रष्ट रहेको बताएका छन् ।

बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेकपाको कार्यदलले यसबारे अध्ययन गर्नेमात्र म्याण्डेट पाएको बताए ।

मन्त्री ज्ञवालीले गत साउनमै संसदमा सरकारले एमसीसी पारित गर्ने प्रस्ताव पेश गरिसकेकाले सरकारको दृष्टिकोण प्रष्ट रहेको बताए ।

उनले पार्टीको बैठकमा कतिपयले बुझनौं र अन्यौल भयो भनेपछि यसबारे अध्ययन गर्न कार्यदल बनाइएको जनाए ।

नेकपा केन्द्रीय कमिटीबाट एमसीसी अध्ययन गर्न झलनाथ खनाल नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र मन्त्री ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार