पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन

Law Hub Nepal चैत्र ५, २०७६

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ। श्रेष्ठको आज बुधबार बिहान हिमाल अस्पताल नक्सालमा निधन भएको हो।

उनलाई सुगर र प्रेसरले चापेपछि अस्पताल भर्ना भएका थिए। उनको आज दिउँसो पशुपतिमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठ २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए। बुधबार नै सर्वोच्च अदालतको फुल कोर्टको बैठक बसेर पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

उनी पहिलो पटक गठन गर्दा सत्य निरूपण तथा वेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस समितिका संयोजकसमेत रहेका थिए। श्रेष्ठ वि.सं. १९८९ जन्मिएका हुन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार