निजगढ विमानस्थलको मुद्दा सर्वोच्चको वृहत पूर्ण इजलासले हेर्ने

Law Hub Nepal फागुन ४, २०७६

काठमाडाैं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दा सर्वोच्च अदालतले वृहत पूर्ण इजलासमा पठाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार उक्त मुद्दा वृहत पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।

यसअघि गत मंसिर २० गते सर्वोच्चले बाराकाे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल लगायतले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले काम अघि नबढाउन आदेश दिएको थियो ।

त्यसपछि गत पुस ६ गते सर्वोच्चले निजगढ विमानस्थलको काम तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

त्यस्तै  विमानस्थल निर्माण गर्दा रुख काट्न नहुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले पनि सर्वोच्चमा रिट हालेका थिए ।

आजको इजलासले अब यी दुबै मुद्दा पूर्ण इजलासले हेर्ने निर्णय गरेको हो।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार