प्रधानमन्त्री ओलीलाई आँँखा र कान परीक्षण गराउन गगन थापाको सुझाव

Law Hub Nepal वैशाख ८, २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधि सभाका सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कानको उपचार गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा एक स्टेटस् लेख्दै थापाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले हालै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही दिन अघि सरकारी संचार माध्यमलाई दिएको अन्तर्वार्तामा प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए? भन्दै प्रश्न गरेका थिए ।

उनले प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे भन्दै  यो रहस्यपूर्ण भएको बताएका थिए ।

नेता थापाले प्रधानमन्त्रीको यही अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् । प्रधानमन्त्रीले अलपत्र जनतालाई प्रायोजित र स्थानीय सरकार, पत्रकार र अदालतलाई परिचालित देखेको थापाले टिप्पणी गरेका छन् ।

थापाले लेखेका छन्,- ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनि’ ठान्ने हो भने प्रधानमन्त्रीज्यू,‬ आँखा र कान परीक्षण गराउन उपयुक्त होला !‬’

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार