गगन थापाको व्यंग्य- ‘गोकुलधाममा खड्‍ग उचाल्नु र विष्णु विष्णु भन्‍नु’

Law Hub Nepal फागुन ६, २०७६

काठमाडौं । सांसद गगन थापाले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाप्रति संसदमा व्यंग्य गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले स्वस्थानी व्रतकथासँग जोडेर नेकपा महासचिव विष्णु पौडेलले दिएको प्रष्टिकरणप्रति व्यंग्य गरेका हुन् ।

सांसद थापाको भनाइ उनकै शब्‍दमाः

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि !

अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु । थाहा पाइहाले होइन होइन भन्नु ।

चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु ।

त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन् ।

इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नम:।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार