गण्डकी प्रदेशमा क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपियाँ भत्ता 

Law Hub Nepal वैशाख १, २०७७

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ ।

चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई राख्ने प्रबन्ध मिलाउनकालागि दैनिक भत्ता दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

यस्तै बैठकले कोरोना भाइरसको संक्रमित दुई जनाको उपचार, डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला र अन्य काम गर्ने कर्मचारीलाई दैनिक दुई हजार २५० रुपियाँको दरले भत्ता दिने निर्णय समेत गरेेेेक‍ो छ ।

कोरोना भाइरसबाट संक्रमितको उपचार गर्नु आफैमा जोखिमपूर्ण भएकाले क्वारेन्टाइनमा बसेकालाई दैनिक भत्ताका साथै खान, बस्ने समेत व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार