पूर्वमन्त्री बास्कोटाले दिए गाली बेइज्जती मुद्दा 

Law Hub Nepal फागुन १६, २०७६

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री  गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अदालत पुगेका छन् ।

आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनले उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका हुन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार