ज्ञानेन्द्र शाही पक्राउ परे

Law Hub Nepal वैशाख ९, २०७७

काठमाडौं । ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो ।

लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।

लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन ।

प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार