शनिबार नेकपाको सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

Law Hub Nepal जेठ १६, २०७७

काठमाडौं । नेकपाले शनिबार बिहान सचिवालय बैठक बोलाएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटर्वार्ता भएपछि बैठक तय भएको हो ।

बैठक शनिबार बिहान ९: ३० बजेका लागि बोलाइएको छ । बजेटमा एमसीसीको कार्यक्रम समेटिएपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

एमसीसीलाई लिएर नेकपामा विवाद छ । पार्टीभित्र विवाद भएपछि यसबारे अध्ययन गर्न बनाइएको कार्यदलले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार