‘वरिष्ठ अधिवक्ताले बहस गर्दा कम्तिमा एकजना अधिवक्तालाई संलग्न गराउनु’ (सूचनासहित)

Law Hub Nepal असाेज १, २०७७

काठमाडौं । नेपाल बार काउन्सिलले वरिष्ठ अधिवक्ताले कुनै पनि इजलासमा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक रूपमा संलग्न गराउन अनुरोध गरेको छ ।

नेपाल कानून व्यवसायी परिषदले आज एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।

‘कानून व्यवसायीको आचार संहिता,२०५१ को नियम ३ को उपनियम (२)मा वरिष्ठ अधिवक्ताले कुनै पनि मुद्दामा इजलासमा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक रूपमा संलग्न नगराई उपस्थित हुनु हुँदैन भन्ने कानूनी व्यवस्था रहेकोले सबै वरिष्ठ अधिवक्ताहरूबाट उल्लिखित कानूनी व्यवस्थाको पूर्णरूपमा पालना हुन निर्णयानुसार अनुरोध गरिन्छ’ सूचनामा भनिएको छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार