वकिल बन्ने सपना छ ? जान्नुहोस् वकिलका बारेमा ६ रोचक तथ्यहरू !

Law Hub Nepal जेठ २२, २०७७

ल हब नेपाल । वकिल बन्न सजिलो छैन, किनकि यसका लागि ठूलो त्यागको आवश्यक पर्छ र धेरै मेहनत गर्नुपर्छ।

अध्ययनका दौरान कानूनका विद्यार्थीहरूले पढ्न र मनैबाट केहि कुराहरू सिक्न बढी समय खर्च गर्नुपर्दछ, जस्तै : ऐन, कानून, घोषणा, आदि ।

अर्कोतर्फ, स्नातकपछि उनीहरूका सामु धेरै ढोका खुला हुन्छन्, विविध काम तथा पेशामा आवद्ध भएर उत्कृष्ट कार्यहरू प्रदर्शन गर्न सक्छन् ।

यदि तपाईं अदालतमा आफ्नो जीवन बिताउने र विभिन्न केसहरूमा काम गर्ने सपना देख्नुहुन्छ भने, तपाईंले वकिल बन्नका लागि बार परीक्षा पास गर्नु पर्छ । कानूनमा स्नातक गरेपछि तपाईंकासामु धेरै संभावनाहरू छन्, र तपाईं आफ्नो रुचिको क्षेत्र छनौट गर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो प्राथमिकता निर्धारण गर्न सक्नुहुन्छ । तपाईं एक बिजनेस लयर बन्न सक्नुहुन्छ, जसलाई कर्पोरेट लयर भनिन्छ । लेबर लयर, फाइनान्स र सेक्युरिटी लयर, इन्टेलेक्चुअल प्रोपर्टी लयर, फ्यामिली लयर आदि वकिलका प्रकारहरू हुन् ।

सामान्यतया, वकिल हुनुका फाइदा र बेफाइदा दुवै छन्, तर हामी यहाँ वकीलका बारेमा केहि चाखलाग्दा तथ्यहरु वर्णन गर्दछौं :

१. यो सबभन्दा पुरानो व्यवसायमध्ये एक हो ।

वकिलका बारेमा एक रोचक तथ्य यसको ऐतिहासिक उत्पत्ति हो । वकालत प्राचीन ग्रीस कालदेखि नै सुरूवात भएको थियो हो । स्वतन्त्र रूपमा भन्न सकिन्छ कि, यो सब भन्दा पुरानो व्यवसाय हो, जुन आज पनि अत्यन्त सान्दर्भिक र महत्त्वपूर्ण छ ।

त्यस अवधिमा विशेष गरी वकिलहरू वकालतकर्ता वा सार्वजनिक वक्ताहरू थिए, जसले जूरीसामु व्यक्तिहरूका तर्फबाट बोल्ने गर्दथे ।

२. तपाईंलाई उच्च भुुुक्तानीको मौका हुन सक्छ ।

यो धेरै महत्वाकांक्षी वकिलहरूको लागि अत्यन्त प्रासंगिक तथ्य हो । यदि तपाईं वकिल बन्नुभयो र आफुलाई व्यावसायिक रूपमा प्रमाणित गर्न सक्नु भयो भने, तपाईंलाई धेरै भुक्तानी प्राप्त गर्ने मौका हुनेछ ।

उच्च तलब वकील बन्दै गरेका हरूका लागि एक सकारात्मक उर्जा हो । अवश्य पनि उच्च भुक्तानीका लागि लामो अनुभव आवश्यक पर्दछ, त्यसैले तपाईको स्नातक सकिने वित्तिकै मिराकल हुने आशा नगर्नुहोस् ।

३. तपाईसँग नसुतेका धेरै रातहरू हुनेछन् ।

आफ्नो अफिसको काम समयमै गर्न सक्ने वकिलको संख्या अत्यन्त न्यून हुन्छ, उनीहरू कामबाट बाहिर आउन सक्दैनन् ।

धेरै वकिलहरु अफिसको काम घर लिन बाध्य हुन्छन्, अझ विशेष गरी ती वकिल, जो केहि जटिल मामिलामा काम गर्छन् । यसर्थ, यदि तपाइँ धेरै सुत्न चाहानुहुन्छ भने, तपाइँको निर्णयमा पुनर्विचार गर्नुहोस् ।

४. वकिलले नैतिक जाँच पास गर्नु पर्छ ।

वकिलहरूको बारेमा एक रमाईलो तथ्य छ, जुन धेरैलाई थाहा नहुन सक्छ । कानून अभ्यास गर्ने वकिल बन्नको लागि, एक कडा नैतिक टेस्ट पास गर्नुपर्दछ । व्यावसायिक उत्तरदायित्व निर्वाह गर्न प्रतिबद्ध हुनुपर्छ ।

विभिन्न ग्राहकहरुसंग र केहि अत्यधिक गोप्य मामलाहरुमा वकीलले सुरक्षा र गोपनीयता कायम राख्न सक्नुपर्छ । यस पेशामा ग्राहकको हितलाई प्राथमिकता दिनु पर्दछ ।

५. नम्बरले महत्त्व राख्छ ।

नेपाल बार एसोसियसनका अनुसार नेपालमा १९ हजार वकिल छन् । लाइसेन्स प्राप्त वकिलहरूमध्ये आधामात्र निजी अभ्यासमा छन् ।

जब तलबको कुरा आउँछ, नयाँ वकिल र अनुभवी वकिलमा फरक देखिन्छ । वर्षौंको अनुभव र अन्य धेरै कारकहरुले यस पेशामा महत्त्व राख्छन् ।

६. तनाव तपाइँको साथी हुनेछ ।

यो पक्कै वकिल हुनुको खराब पक्ष हो, तर पनि यो अपरिहार्य छ । निसन्देह, तनाव धेरै बर्षपछि कम हुँदै जान्छ, जब तपाईं अधिक व्यावसायिक बन्नुहुन्छ ।

तपाईंले तनावलाई कामको एक हिस्साको रूपमा कसरी स्वीकार्ने भनेर सिक्नुपर्ने हुन्छ । तर जबसम्म तपाईं त्यस बिन्दुमा पुग्नुहुन्न, आफैलाई सास फेर्न केही समय दिन निश्चित गर्नुहोस् !

(बी पोजिटिभ म्यागजिनमा प्रकाशित यो सामग्री भावानुवाद गरिएको हो – सम्पादक ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार