सर्वोच्चले दिएन अलपत्र नेपालीलाई स्वदेश फर्काउन अन्तरिम आदेश

Law Hub Nepal चैत्र २०, २०७६

काठमाडौं । सर्वोच्च अदालतले भारतीय भूमिमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्किन सीमा नाका सञ्चालनको लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सीमा नाका निर्वाध सञ्चालनका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

रिट निवेदक श्रेष्ठले नेपाल प्रवेश गर्न सयौं नेपाली नागरिक भारतीय भूमिमा पर्खेर बसेको भन्दै सीमा नाका निर्वाध सञ्चालनका लागि अन्तरिम आदेश माग गरेका थिए ।

सर्वोच्च सीमा नाका सञ्चालन गर्न अन्तरिम आदेश माग गर्दै यसअघि पनि रिट दायर भएको थियो । उक्त रिटमा २४ गते सुनुवाई हुँदैछ । दुबै एकै प्रकृतिको विषय भएकाले एकै दिन सुनुवाई हुने ढकालले बताए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार