वामदेवको नियुक्ति विरुद्धको रिटमा कारण देखाउ र अन्तरिम आदेश जारी

Law Hub Nepal असाेज ७, २०७७

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए ।

सोही रिटको सुनुवाइ गर्दै न्यायाधिश डा आनन्दमोहन भटराईको एकल इजलाशले राष्ट्रिय सभा सदस्यको रूपमा काम गर्न नदिन र मन्त्री पनि नबनाउन अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेशसमेत जारी गरेको हो ।

सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन ।

सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार