उपप्रधानमन्त्री पोखरेल कालापानी र लिपुलेकको अवलोकनमा

Law Hub Nepal फागुन ५, २०७६

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त्रिदेशीय (नेपाल, भारत र चीन) को सिमाना कालापानी, लिपुलेकको अनुगमन गर्न प्रस्थान गरेका छन् ।

पोखरेल प्रदेश तथा संघीय संसद्का सांसद्हरूको नेतृत्व गर्दै गएका हुन् ।

व्यास क्षेत्रअन्तर्गत कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङलगायतका त्रिदेशीय सीमाक्षेत्र पर्छन् । कालापानी, लिपुलेकलगायत क्षेत्र भारतले आफ्नो नक्सामा पारेपछि केही समयदेखि यो विषय चर्चामा रहेकाे छ ।

सरकारले कूटनीतिक प्रयासबाट नेपाल भारतबीचको सीमा विवाद हल गर्ने बताए पनि ठोस प्रगति हुन सकेको छैन । यहीबीच, उच्चस्तरबाट यो क्षेत्रको अनुगमन हुन लागेकाे हाे ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार