जिल्ला न्यायाधीशको परीक्षाको नतिजा : महिला र जनजाति कोटामा कसैले नाम निकालेनन्

Law Hub Nepal श्रावण ४, २०७७

काठमाडौं । न्यायसेवा आयोगले जिल्ला न्यायाधीश पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

लिखित परीक्षामा महिला, आदिवासी–जनजाति तथा पिछडिएको क्षेत्रतर्फको आरक्षण कोटामा कोही पनि उत्तीर्ण भएका छैनन् ।

जिल्ला न्यायाधीशका २९ पदका लागि भएको परीक्षामा महिला र पिछडिएको क्षेत्रको लागि एक–एक तथा आदिवासी–जनजातिका लागि दुई सिट छुट्याइएको थियो । तर, आरक्षणतर्फका ती चारै सिटमा कोही पनि उत्तीर्ण हुन सकेनन् ।

आन्तरिक खुलातर्फ १४ जना माग भएको १६ तथा खुलातर्फ नाैको माग भएकोमा २६ जनाले नाम निकालेका छन् । मधेसी कोटातर्फ एकमा दुईजना तथा अपांंगतर्फ एक कोटामा एकजनाले नाम निकालेका छन् । परीक्षामा आन्तरिक खुला तथा अन्य आरक्षणमा नाम निकाल्ने सबैले खुलामा पनि नाम निकालेका छन् ।

लोकसेवा आयोगको समेत संलग्नतामा भएको परीक्षमा दुई सय २९ जना सहभागी भएका थिए । लिखित परीक्षामा उत्तीर्ण हुनेहरूको २१ साउनदेखि अन्तर्वार्ता हुनेे छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार