ओली-प्रचण्ड भेट : नयाँ ढङ्गले अघि बढ्ने निष्कर्ष, सांसदसँगको ब्रिफिङ स्थगित

Law Hub Nepal वैशाख ११, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको हो ।

दुई नेताबीच झण्डै दुई घण्टा कुराकनी भएको बालुवाटार स्रोतले जनाएको छ ।

गत सोमबार सरकारले ल्याएका दुई अध्यादेश र त्यसपछि उत्पन्न परिस्थतिका बारेमा दुई नेताबीच गम्भीर छलफल भएको छ ।

‘खासगरी पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा नै नेताहरुको छलफल केन्द्रीत भएको बुझिएको छ,’ स्रोतले भन्यो, ‘नयाँ आधारमा थप र सुदृढ पार्टी एकताको संकल्प गर्न दुवै नेता तयार हुनुभएको छ ।’

सरकारले अध्यादेश ल्याएपछि बुधबार मात्रै नेकपाका २० जना नेताले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए ।

यस्तै प्रधानमन्त्री ओलीले सांंसदहरूसँगको ब्रिफिङ स्थगित गरेका छन् ।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार