भदौ २६ गतेको निर्णय मान्ने ओली-दाहालबीच सहमति, एकअर्का विरूद्धका आरोप पत्र फिर्ता 

Law Hub Nepal पौष १, २०७७

काठमाडौँ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गते स्थायी समितिले गरेको निर्णयकै आधारमा अघि बढ्ने सहमति भएको छ ।

स्थायी समितिको बैठक अघि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भदौ २६ पछि भएका सबै विवाद अन्त्य भएको घोषणा गर्दै त्यसकै आधारमा अघि बढ्ने सहमति भएको हो ।

दुई अध्यक्षबीच भएको सहमितलाई ओली र दाहालले स्थायी समितिलाई जानकारी गराएका छन् ।

अहिले बैठक जारी रहेको एक सदस्यले जानकारी दिए। ओली दाहालबीच मंगलबार जारी भएको अध्यादेश र विशेष अधिवेशन माग गर्ने प्रस्ताव पनि फिर्ता गर्ने सहमति भएको छ ।

दुई नेताबीच भदौ २६ मा फर्किने सहमति भएपछि दाहालले आलीविरुद्ध दर्ता भएको १९ पृष्ठ लामो आरोपपत्र र ओलीले सचिवालयमा पेश गरेका ३८ पृष्ठको जवाफ पनि फिर्ता हुने भएको छ ।

एकपछि अर्को कमदले प्रधानमन्त्री एक्लिैदै गएपछि पूर्व सहमतिमा फर्किन तयार भएका हुन् । उनीविरुद्ध पार्टीभित्र र बाहिर माहोल बनिरहेको छ ।

यसबीचमा सरकारले गरेका राजनीतिक नियुक्तिबारे के हुने प्रष्ट भइसकेको छैन ।

सहमतिसँगै अब नेकपाको विवाद भदौ २६ स्थायी समितिले गरेको सर्वसहमति निर्णयका आधारमा अघि बढ्ने भएको छ ।

उक्त निर्णयमा ओली सरकार सञ्चालमा केन्द्रित हुने, दाहालले पार्टी चलाउने, सरकारका सबै निर्णय सचिवालयमा छलफल गरेर मात्र गर्नेलगायतका निर्णय भएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार