निवर्तमान सभामुख महराको अन्तिम सुनुवाइ चल्दै

Law Hub Nepal फागुन ४, २०७६

काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आज अन्तिम सुनुवाइ सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । बहस सकिए सम्भवतः आजै फैसला आउने बताइएको छ ।

गत ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

महरा संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका हुन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेसँगै १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार