सरकारले गठन गर्‍यो श्रम अदालत, अध्यक्षमा न्यायाधीश रामप्रसाद ओली

Law Hub Nepal कार्तिक ३, २०७७

काठमाडौं । सरकारले तीन सदस्यीय श्रम अदालत गठन गरेको छ ।

मन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले श्रम अदालत गठन गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।

नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी गठन गरिएको श्रम अदालतको मुकाम काठमाडौं रहनेछ ।

उच्च अदालत तुल्सीपुरका न्यायाधीश रामप्रसाद ओलीलाई श्रम अदालतको अध्यक्षमा नियुक्त गरिएको छ ।

सदस्यहरुमा भोजपुर जिल्ला षडानन्द नगरपालिकाका प्रेम कुमार राई र म्याग्दी जिल्ला पुलाचौरका नीशा बाँनिया रहेका छन् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार