नेपाली कानूनी लिखतको एतिहासिक विकास

Law Hub Nepal माघ १९, २०७६

कानूनी लिखतको एतिहासिक विकासः

  • “कानूनी लिखत” भन्नाले व्यवहारको सिलसिलामा कानूनबमोजिम लेखबद्ध गरिने घरसारको लिखत मात्र नभई अड्डा,अदालत वा सरकारी कार्यलयबाट तयार गरिने सबै किसिमको लिखतलाई जनाउँछ । लेनदेन व्यवहार,खरिद–बिक्रीको लिखत,करार सम्बन्धी लिखत,देवानी वा फौजदारी मुद्दा मामीलामा तयार गरीने उजुरी देखी अन्तीम किनारा नभएसम्म र फैसला कार्यन्वयनको सिलसिलामा तयार गरिने सम्पूर्ण लिखतहरु कानूनी लिखत भित्र पर्न आउँछन् । तसर्थ कानूनी लिखतको क्षेत्र व्यापक देखिन्छ ।
  • कानूनी लिखत तयार गर्ने सम्बन्धमा हिन्दु धर्मशास्त्रहरु जस्तै –मनुस्मृति, याज्ञवल्क्यस्मृति,कात्यायनस्मृति,नांरदस्मृति,विष्णु धर्मासुत्र,कौटल्यको अर्थशास्त्र,शुक्रनीती,स्मृति चन्द्रिका तथा व्यवहार प्रकाश आदि ग्रन्थहरुमा यथास्थानमा चर्चा गरीएको पाईन्छ ।
  • शाहकालमा तयार गरीएको सरकारी लिखतहरुमा आवश्यकतानुसार कुनै–कुनैमा प्रशस्ती उल्लेख गरी आगेबाट प्रारम्भ गरिने गरिएको र घरसारको लिखत स्वस्तिश्रीबाट प्ररम्भ गरी साक्षीहरु पेट व्यहोरामा नै उल्लेख गरिएको देखिन्छ ।
  • मुलुकी ऐन वि.स. १९४५ सालमा प्रकाशित भएपछि देवानी मुद्दामा उजुरीको रुपमा “इजहार” र फौजदारी मुद्दामा जाहेरी वा उजुरीको रुपमा “मुचुल्का” लेखाइ लिने कानूनी व्यवस्था गरियो । उजुरी वा फिरादपत्रमा “देखिजान्ने” वा “सुनीजान्ने” साक्षी उल्लेख गर्ने ढाँचा यसै समय देखी प्रचलनमा आयो । साक्षीको बकपत्रको नमुना पनि यही १९४५ सालको मुलुकी ऐनमा दिइयो । सो एनमा पुनरावेदनको ढाँचा पनी दिइयो । तर पुनरावेदन पत्रलाइ “पुनरावेदन पत्र” वा “अपीलपत्र” नामकरण नगरी “फिरादपत्र” भन्ने उल्लेख गरीयो । वि.स. १९४५ सालपछि मुलुकी ऐनमा कुन–कुन कानूनी लिखतमा के–कति रीत पुर्याइ लेख्नुपछ भन्ने सम्बन्धमा कागज जाचँको महलमा यथास्थानमा उल्लेख गरियो ।
  • वि.स. १९६२ सालमा नेपालमा स्रेस्ता पाठशाला खडा भएपछि पाठ्यपुस्तक लेख्ने प्रचलन शुरु भयो । “गोरखा औंठा सहिछाप” पहिलो भाग र “गोरखा अदालती शिक्षा” पहिलो भाग र “गोरखा से्रस्ता” पहिलो भाग (क्रमशः वि.सं.१९७७,१९७८ र १९७९) मा प्रकाशित भई केही कानूनी लिखतहरुको नमुनासमेत दिइयो ।
  • वि.सं. १९७९ सालदेखी रजिष्ट्रेशन अड्डाहरु स्थापना भएपछि ऐनबमोजीम लिखत रजिष्ट्रेशन हुने लिखतहरुको नमूना फारमहरु सरकारीस्तरमा नै वि.सं.१९९० साल वैशाख १ गतेदेखि छापी सुविधा प्रधान गरियो । तर १९५५ साल जेष्ठ सुदी १ रोजदेखि जारी भएको अमिनी जावतामा भने (चन्द्र शमशेरको मुन्द्रे छाप लागेको मूल जावता) फिरादपत्र,प्रतिउत्तरपत्र,पतिवादीका नाउँको समन इतलायनामा,पक्राउ पूर्जी ,फेला नपर्ने प्रतिवादीका नाउँको समन , अरु फैजदारी र देवानी मुद्दाका प्रतिवादीका नाउँको समन इतलायनामा , साक्षीका नाउँको समन, साक्षी गवाहको वकपत्र , बन्दसवाल, कायलनामा, तजबिजपत्र र अपिलपत्रसमेतको नमुना १ देखि १२ नं. सम्म दिइएको देखिन्छ ।
  • वि.सं. १९८४ सालपछि प्रकाशित मुलुकी ऐनहरुमा अदालती बन्दोबस्तको महलमा तायदाती फारम,तारीख भरपाई ,तारीख किताब,फिरादपत्र,वारेन्ट पक्राउ पुर्जी, म्यादी पुर्जी , समन वाइतलायनामा,प्रतिउत्तरपत्र,बकपत्र,बन्दसवाल,कायलनामा,र तजबिजपत्र(फैसला) को नमुना दिईयो र वारेसनामा र सकारनामा खुलाउनुपर्ने कुराहरु उल्लेख गरियो । हाकिमका नाउँमा कराउनेको महलमा पुनरावेदनपत्र (अपीलपत्र) को नमुना दिइयो ।
  • २००७ सालपछि भने सरकारी मुद्दासम्बन्धी नियमावली , २०१८ लागू भएपछि सो नियमावलीमा जाहेरी दरखास्त र अभियोगपत्रको नमुना दिइयो । सर्वोच्च अदालत नियमावली,२०१३ मा सर्वोच्च अदालतमा दिईने निवेदन पत्र,पुनरावेदन पत्र, फैसला र आदेश आदिको नमूना दिई त्यसपछि सर्वोच्च अदालत नियमावली,२०२१ र सर्वोच्च अदालत नियमावली,२०४९ मा यसलाई निरन्तरता दिइयो । त्यसपछि सम्बन्धित अदालतका नियमावलीहरुमा कानूनी लिखतमा खुलाउनुपर्ने कुराहरु र नमुनाहरु दिइने गरियो । जस्तो– जिल्ला अदालत नियमावली, २०५२ र पुनरावेदन अदालत नियमावली, २०४८ आदि ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार