एक परदेशीको सरकारलाई खुल्ला पत्र

Law Hub Nepal असार २, २०७७
  • आकाश भण्डारी ।

बिषय : बिमान चार्टर गरी उद्धार गर्ने सम्बन्धमा !

सर्वप्रथम त म नेपाली भएकाेमा मलाई गर्व लाग्छ र म आफुलाई धेरै भाग्यमानी ठान्छु ! जँहा जुनसुकै देश जाँदा पनि, मेराे नाम जे सुकै हाेस्, तर पहिला अन्य देशकाे नागरिकले ए बहादुर ! भनेर बाेलाउँदा शिर उच्च हुन्छ ।

म आज झन्डै पाँच-सात बर्षदेखि परदेशि भुमिमा ४०/४५ डिग्री  तातो घाममा पसिना बगाएर पसिनासँग पैंसा साटेर आफ्नाे र परिवार काे भाेक मेटाउने काेसिसमा लागि रहेकाे छु ।

म जस्तै पसिना सँग पैंसा साटेर परिवार पाल्ने युवाकाे जमात सायदै कम छैन, परदेशमा लाखौं नेपाली छन् ।

अहिले याे कोभिड १९ काेराेना भाइरसले गर्दा विश्व नै त्रसित भएकाे बेला हाम्रो देश नि यस भाइरसबाट चाेखाे रहन सकेन ।अझ भन्नू पर्दा परदेशमा रहने हामी नेपाली त झन् यसकाे चपेटामा परेका छौं ।

कति नेपाली दाजुभाइ दिदिबहिनीले यहि भाइरसकाे कारण परदेशमै ज्यान गुमाउनु पर्‍यो त कति अझैं भाइरससँग लडिरहनु भएकाे छ । यस्तै  कतिकाे यहि कारणले आफ्नाे राेजि राेटि गरि खाने जागिर नै टुटेेेछ भने कतिजना बराेजगार भै बस्नु पर्ने बाध्यता आइलागेको छ ।

भिजिट भिजामा आएर बस्ने हरु यहाँ यहि अवस्थाले गर्दा अलपत्र परेका छन् । आफ्नो  देश फर्कुं भनें पनि फर्कने कुनै बाटाे छैन, सबै तिर बन्द छ ।

लामाे समयदेखि धेरैलाई यही समस्या छ, फर्कन बाटाे छैन, गरि खान जागिर छैन । अनि जागिर नभएपछि गाेजिमा दाम छैन ।गाेजिमा दाम नभएपछि बस्ने रुम छैन ।

यस्तो अवस्थामा मा पनि आफ्नाे देशकाे नागरिकलाई आफ्नाे देश फर्काउने मेराे देशकाे हैसियत छैन । फरि हैसियत छैन भनुं भनें पनि कसरी खरबाैंका बजेट भाषण हुन्छन्, अरबाैं रुपैैंयाका घाेटाला हुन्छन् ? लाखौं-लाख घुस खाँदा-खादै कति भष्टचारि त रङ्गे हात पक्राउ पनि परेकाे सुनिन्छ । तर आफ्नो नागरिकलाई आफ्नो देश फर्काउन सरकार सग आँँट छैन ।

सुनेकाे छु, अब समस्यामा परेकाे नेपालीलाई विमान चार्टर गरेर उद्धार गरिदै छ रे । अनि कुन देशबाट कति भाडादर पनि ताेकियाे रे । अनि याे भाडादर हेर्दा लाग्छ, मेराे देशले मलाई अब अन्तिम पल्ट लुट्दै छ ।

हुन त सरकारले साेचेरै याे कदम चालेकाे हुनु पर्छ । अब परदेशबाट जसरी नि आफ्नो  देश फर्किन्छन्, यहि माैका हाे यिनीहरुलाई लुट्ने भनेर ।

याे अवस्थामामा हामी भाडादर जतिसुकै महङ्गो भएनि फर्कन बाध्य हुन पर्ने अवस्था छ । उही त हाे नि खाए खा, नखाए घिच भनेजस्तो भा’छ, अहिले परदेशमा हामी नेपालीहरुकाे अवस्था ।

ए सरकार ! साच्चिकै उद्धार गर्ने मनासय थियाे भने यस्तो याेजना बन्ने थिएन टिकट काट्ने अवस्था नि छैन कतिपय हामी नेपालीकाे । अब कसरी फर्कुं म आफ्नाे देश र कसरी भेट हुम्ला म मेराे परिवार सँग ?

सरकार बरु फेरि हामीलाई नेपाल फर्केपछि उहि आफ्नै देशमा पछि मिलाइ-मिलाइ लुट, तर अहिले याे महामारीकाे बेला नलुट ।

बरु पछि हामीले नेपालमा सास फेर्ने र सास लिने गर्दा त्यसमै कर लगाइदेऊ ! र, लुट प्रतिव्यक्ति नेपालकाे सिमा भित्र श्वास फेरेको र श्वास लिएकाे वर्षकाे एक सय उठाऊ, तर अहिले याे अवस्थामा छुट गर सरकार ।

मेराे अपिल यहि अपिल छ नेपाल सरकारसँग ।

(भण्डारी वैदेशिक रोजगारीको शिलशिलामा हाल युएईमा छन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार