अदालतका रजिष्ट्रार, स्रेस्तेदार र तहसीलदारको पहिलो राष्ट्रिय सम्मेलन हुँदै

Law Hub Nepal मंसिर ४, २०७७

काठमाडौं । सर्वोच्च र उच्च अदालतका रजिष्ट्रार तथा अदालतका स्रेस्तेदार र तहसीलदारहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ ।

भर्चुअल माध्यमबाट यही मंसिर ८ र ९ मा देशभरका अदालतमा कार्यरत उल्लिखित पदहरूमा रहेका सबैको पहिलोपल्ट राष्ट्रिय सम्मेलन हुन गइरहेको सर्वोच्च अदालतले जनाएको छ ।

बिहीबार एक सूचना जारी गर्दै ‘सुदृढ अदालत व्यवस्थापन र न्यायिक सुशासन : हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ सम्मेलन आयोजना हुन गइरहेको बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले उक्त कार्यक्रमको उद्घाटन गर्ने छन् ।

न्यायालयमा प्रशासनको भूमिका, फैसला कार्यान्वयनको अवस्था, अदालत व्यवस्थापनको प्रभावकारिता जस्ता विषयमा छलफल हुने सूचनामा उल्लेख छ ।

यसै आर्थिक वर्षको सुरुआतसँगै लागू भएको फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारिता, नयाँ संहिताहरूको कार्यान्वयनको अवस्था, न्यायपालिकाभित्रका सूचना प्रवाहमा प्रविधिको प्रयोग जस्ता विषयमा सम्मेलनमा छलफल हुने जनाइएको छ ।

मंसिर ९ मा घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुने सर्वोच्चद्वारा जारी सूचनामा उल्लेख छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार