त्रिविको बी.ए.एल्.एल्.बी. सेमेस्टर प्रणालीको परीक्षा पौष १५ पछिमात्र हुने

Law Hub Nepal मंसिर १२, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कानून संकायको बी.ए.एल्.एल्.बी. सेमेस्टर प्रणालीको परीक्षा पौष १५ पछिमात्र हुने भएको छ ।

संकायका सहायक डिन कृष्णप्रसाद बस्यालले स्थगित र नियमित सबै परीक्षा पौष १५ अघि नहुने ल हब नेपाललाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘ सेमेस्टरका कुनै परीक्षा पनि पुस १५ अघि हुँदैन ।’

गत चैतमा दोस्रो सेमेस्टरको परीक्षा एउटामात्र विषयको परीक्षा भएर स्थगित भएको थियो । अहिले परीक्षा नभएरै दोस्रो सेमस्टरका विद्यार्थीले भर्चुअल माध्यमबाट तेस्रो सेमेस्टरमा पढीरहेका छन् । पौष १५ पछि परीक्षा गर्दा पहिलो प्राथमिकता दिएर दोस्रो सेमेस्टरको परीक्षा सबैभन्दा पहिला गरिने बस्यालले बताउनुभयो ।

यस्तै साउन/भदौमै भइसक्नुपर्ने सातौं र पाँचौ सेमेस्टरको नियमित परीक्षा पनि कोरोना महामारी र गत चैतदेखिको लकडाउनको कारण हुन सकेको छैन । अब यी परीक्षा पनि पौष १५ पछि नै हुने छन् ।

यस्तै बी.ए.एल्.एल्.बी. पाँचौं वर्षको परीक्षा भने परीक्षा नियन्त्रण कार्यालय बल्खुले पौष २० पछि गर्ने सम्भावना रहेको सहायक डिन बस्यालले जानकारी दिनुभयो ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार