सर्वोच्चको सरकारलाई आदेश : ‘एक महिनाभित्र उखु किसानको भुक्तानी दिलाउनू’

Law Hub Nepal पौष १६, २०७७

काठमाडौँ । सर्वोच्च अदालतले एक महिनाभित्र उखु किसानको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पुण्यप्रसाद खतिवडा लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश गरेको हो ।

‘आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त र नियमभित्र पर्ने विषयमा’ आदेशमा भनिएको छ, ‘किसानले प्रत्येक भुक्तानी प्राप्तिका लागि हारगुहार र धर्ना गर्नुपर्ने स्थिति आफैंमा अन्यायपूर्ण मात्रै नभइ लोककल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकाले एक महिनाभित्र उखु किसानहरुलाई भुक्तानी दिनू/दिलाउनू ।’

उखु किसानहरु चिनी उद्योगबाट रकम भुक्तानी नभएको विरोधमा राजधानीमा आएर प्रदर्शन गरिरहेका छन् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार