सर्वोच्चले फेरि गर्‍यो प्रतिनिधि सभा पुन:स्थापना

Law Hub Nepal असार २८, २०७८

काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले प्रतिनिधि सभा पुनस्थापना गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार