कानून व्यवसायलाई थप मर्यादित र व्यावसायिक बनाउन बार काउन्सिलले बनायो यी दुई नियम

Law Hub Nepal मंसिर १८, २०७७

ल हब नेपाल । कानून व्यवसायको पेशालाई थप मर्यादित र व्यावसायिक बनाउन भन्दै बार काउन्सिलले विभिन्न नियम बनाउँदै आएको छ । काउन्सिलले आज एकसाथ दुई सुुचना जारी गर्दै दुई वटा नियम बनाएको जानकारी गराएको छ ।

पहिलो सूचनामा कानून व्यवसायीहरूले परिषद्मा अध्यावधिक गर्न आउँदा व्यावसायिक कर दर्ता प्रमाणपत्र लिएको हुनुपर्ने नियम बनाएको जनाएकाे छ । २०७८ साल बैशाख १ गतेबाट लागू हुने गरि यो नियम बनाएको हो ।

अद्यावधिक गर्न परिषद्मा पेश गर्ने फाराममा सो कर दर्ता प्रमाणपत्र नम्बर अनिवार्य रूपमा उल्लेख गर्न लगाउने भनी परिषद्बाट निर्णय भएको समेत सूचनामा उल्लेख गरिएको छ ।

साथै अर्को सूचनामा काउन्सिलमा फोटो सहितको सेवा लिन जाँदा व्यवसायीले तोकिएको पोशाक लगाएको फोटो समावेश गर्नुपर्ने जनाइएकाे छ ।

कानून व्यवसायीले परिषद्मा अद्यावधिक गर्दा, कार्यालय दर्ता एवम् नवीकरण गर्दा, कानून व्यवसायीको प्रमाणपत्र लिंदा वा फोटोसहितको कुनै पनि सेवा लिन आउँदा कानून व्यवसायीको लागि तोकिएको पोशाक लगाएको फोटो पेश गर्नुपर्ने पनि परिषद्बाट निर्णय भएको बताइएको छ ।

हेर्नुहोस् सूचना :

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार