न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त, परिषद्ले पायो पूर्णता

Law Hub Nepal मंसिर १५, २०७७

काठमाडौँ । न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

संसदीय सुनुवाइ समितिले शुक्रबार अनुमोदन गरेका श्रेष्ठलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सदस्यमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयले भनेको छ, ‘आज मिति २०७७ साल मङ्सिर १५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ प्र.प.न. ९२० लाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नुभएको छ।’

श्रेष्ठ नेपाल बार एशोसियशनका तर्फबाट परिषद्मा सिफारिस भएका हुन्।

न्यायाधीशको नियुक्ति, सरुवा, बढुवा एवं कारबाहीको अधिकार पाएको न्याय परिषद्मा प्रधानन्यायाधीश, कानुन मन्त्री, सर्वोच्चका वरिष्ठतम न्यायाधीश, सरकारको प्रतिनिधि र नेपाल बारको प्रतिनिधि रहने संवैधानिक व्यवस्था छ।

श्रेष्ठको नियुक्तिसँगै परिषद्ले पूर्णता पाएको छ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार