सर्वोच्च अदालतद्वारा जनमोर्चा सांसद थापाको पद खारेज

Law Hub Nepal जेठ ३१, २०७८

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमाेर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाको पद खारेज गरेको छ ।

राष्ट्रिय जनमोर्चाले सांसद पदबाट हटाएका थापाको पद सर्वोच्चले अन्तरिम आदेशमार्फत जेठ २३ गते थमौती गरिदिएको थियो ।

तर, आज सर्वोच्चले परिस्थितिमा परिवर्तन भई थापा सांसद पदबाट हटिसकेको अवस्थामा अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने कारण नदेखिएको भन्दै थापाको पद खारेज गरिदिएको हो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार