भिटेनको र्‍याप फेरि विवादमा, कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

Law Hub Nepal कार्तिक १३, २०७७

काठमाडौं । एक साताअघि सार्वजनिक गरेको र्‍यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्‍यापर भिटेन अर्थात समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएको छ।

भिटेनले एक साताअघि सार्वजनिक गरेको ‘पारा’ शीर्षकको भिडियो अहिले नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचन बोलेर भिडियो सार्वजनिक गरेकाले कारबाही गर्न निर्देशन दिएको हो।

गत वर्ष पनि उनको एउटा र्‍यापका कारण अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको थियो।

साइबर ब्युरोले पनि प्रहरी प्रधान कार्यालयको पत्र प्राप्त भइसकेको जानकारी दिएको छ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार