सर्वोच्च बारको चुनाव पुस ४ मा, वरिष्ठ अधिवक्ता खनाल र शाक्यको प्यानल भिड्दै 

Law Hub Nepal मंसिर २५, २०७७

काठमाडौं । सर्वोच्च अदालतको बार एशोसियसनको चुनावका लागि सत्ता पक्ष नेकपा र विपक्षी कांग्रेस निकट कानुन व्यवसायीले उम्मेद्वार टुंगो लगाएका छन् ।

आउँदो पुस ४ गते हुने चुनावमा नेकपा निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशीले अध्यक्षमा वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई अघि सारेको हो ।

त्यस्तै कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसियसनका तर्फबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई अघि सारेको छ । दुई वर्षका लागि हुने चुनावमा १५ सदस्यीय कार्यसमिति रहेको छ ।

सर्वोच्च बारलाई पाका र अनुभवी कानुन व्यवसायीहरुको संगठन मानिन्छ । सर्वोच्च बारमा ६०५ जना मतदाता छन् ।

कुन प्यानलबाट कुन पदमा उम्मेद्वार को?

प्रगतिशील प्यानल

अध्यक्ष : वरिष्ठ अधिवक्ता रविनारायण खनाल
उपाध्यक्ष : अधिवक्ता मुकुन्दप्रसाद पौडेल
सचिव : अधिवक्ता अन्जिता खनाल
कोषाध्यक्ष : अधिवक्ता श्यामकुमार खत्री
सहसचिव : अधिवक्ता शोभा कार्की
महिला सदस्य : अधिवक्ता देवी रेग्मी

सदस्यहरु :

कृष्णप्रसाद न्यौपाने
अनन्त कार्की
अनन्तराज लुइटेल
तिलकविक्रम पाण्डे
दिपनारायण शाह
रमेशराज शर्मा सिग्देल
छविलाल घिमिरे
लेखनाथ भट्टराई
दिलकुमारी राई

डिएलए प्यानल

अध्यक्ष : वरिष्ठ अधिवक्ता प्रा. पूर्णमान शाक्य
उपाध्यक्ष : नमराज रिजाल
सचिव : ऋषिराम घिमिरे
सहसचिव : शर्मिला श्रेष्ठ
कोषाध्यक्ष : विनोदकुमार कार्की
महिला सदस्य : अमिता गौतम पौडेल

सदस्यहरु :
विजय कुमार प्रधान
ओमकृष्ण श्रेष्ठ
ज्योतिदेव पनेरू
विकाश शर्मा भट्टराई
राजेन्द्र प्रसाद साह
खडानन्द कंडेल
मिराज श्रेष्ठ
डा. रामहरि त्रिपाठी
निर्मला भण्डारी

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार