कानूनी ग्रन्थका लागि मदन पुरस्कार जितेका खनालको निधन

Law Hub Nepal कार्तिक १२, २०७७

काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८५ वर्षको उमेरमा निधन भएको छ ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको हो ।  मधुमेह र दमको बिरामी खनाल घरमै उपचाररत थिए ।

‘नेपाली कानुन ऐतिहासिक रूपरेखा’ नामक ग्रन्थका लागि मदन पुरस्कारसमेत प्राप्त गरेेेका खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन् ।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रासाद सेवामा काम गरेका थिए । उमेर हदका कारण उनले वि.सं. ०५२ सालमा प्रमुख सचिव पदबाट अवकास पाएका थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । खनाललाई राजा त्रिभुवनदेखि गद्दीच्यूत भएका राजा ज्ञानेन्द्रसम्मका प्रमुख सचिवहरूमध्ये योग्यतम मान्ने व्यक्तिहरू पनि धेरै छन् । खनाल नेपालको संवैधानिक कानूनका विज्ञ मानिन्छन् ।

दरबार प्रशासनमा उनको प्रवेश राजा महेन्द्रको कृपाबाट भएको थियो, जसका लागि उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसको प्रखर विरोधीहरूको पंक्तिमा आफूलाई उभ्याएका थिए ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार