९० प्रतिशतलाई सुरक्षा दिने कोरोना विरुद्धको खोप तयार भएको घोषणा

Law Hub Nepal कार्तिक २४, २०७७

कोरोनाभाइरस विरूद्धको पहिलो प्रभावकारी खोपले त्यस्तो खोप लगाएका मध्ये ९०% भन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उक्त खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले यस्तो नतिजा प्राप्त भएपछी ” विज्ञान र मानवताका लागि एक महान दिन भएको बताएका छन्।”

तिनीहरूले तयार पारेका खोप विभिन्न छ देशका ४३ हजार ५०० मानिसमा परिक्षण गरिएको थियो र त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि चिन्ताहरू देखा परेका थिएनन्।

ति कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा उक्त खोपको प्रयोगका लागि आवश्यक अनुमित आपतकालिन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन्।

अगाडि अझै पनि ठूला चुनौतीहरू बाँकी नै छन् तर यो घोषणालाई वैज्ञानिकहरूले स्वागत गरेका छन्।

केहीले यो खबर सुनेपछी आफू मुस्काएको बताएका छन् भने केहीले आगामी वसन्त ऋतुसम्ममा विश्वको जनजीवन सामान्य भैसक्ने आशा व्यक्त गरेका छन्।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार