नेकपा स्थायी कमिटी बैठक २८ गते बस्ने गरी सकियो, केन्द्रीय कमिटी बैठकको मिति तय

Law Hub Nepal मंसिर २१, २०७७

काठमाडौँ । नेकपा स्थायी कमिटीको आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको अर्को स्थायी कमिटी बैठक मंसिर २८ गतेका लागि तय गरेको छ।

त्यस्तै, मंसिर २५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बहुसंख्यक स्थायी कमिटी सदस्यहरुको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार