२८ औं अधिवक्ता तहको परीक्षा परिस्थिति सहज भएमा मंसिरमा हुने (सूचना सहित)

Law Hub Nepal असाेज ४, २०७७

काठमाडौं । नेपाल बार काउन्सिलले २८ औं अधिवक्ता तहको परीक्षा परिस्थिति सहज भएमा मंसिरमा हुने जनाएको छ ।

आज एक जरुरी सूचना जारी गर्दै काउन्सिलले कोरोना भाइरसको कारणबाट उत्पन्न असहज परिस्थिति एवं उपत्यकाका प्रशासन कार्यालयहरूले असोज १ गतेदेखि जारी गरेको निर्देशन समेतलाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको हो ।

परीक्षा कार्यक्रम र केन्द्र पछि प्रकाशित गरिने पनि काउन्सिलले जनाएको छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार